सरकारलाई दिएको समर्थन फिर्ता नलिन सिके राउतलाई प्रचण्डको आग्रह
जानकारी केन्द्र
२०८०, असार, १७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ ।
आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई दिएको समर्थन बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारलाई समर्थन गरेको जनमत पार्टी पछिल्लो समय सरकारसँग असन्तुष्ट रहेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति तिब्र असन्तुष्ट रहेको जनमतले प्रतिनिधिसभाबाट बजेट पास गर्नेबेला विपक्षमा भोट हालेको थियो ।
आज विहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका छन् । दाहालले आफ्नो पार्टीबाट मन्त्री भएका एक मन्त्रीलाई फिर्ता बोलाएर भएपछि छिट्टै जनमतलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


