आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले यो पटक पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ । नेपाल आयल निगम हाल नाफामा छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ ।
त्यस्तै, मट्टितेलमा भने प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


