जनता जोगाउन होइन, सत्ता जोगाउन गठबन्धन भएको होः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धन जनता जागाउने नभएर सत्ता जोगाउने गठबन्धन भएको टिप्पणी गरेका छन् । आज (आईतबार) गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले ठूला दलहरुले सत्ता टिकाउनका लागि गठबन्धनभित्र पनि गठबन्धनको अभ्यास गरिरहेको टिप्पणी गरेका हुन् ।
‘राष्ट्रिय एकताको कुरा गरिरहेका छन् अहिले दलहरु, अहिले ठूला दलहरु गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेका छन् । के को गठबन्धन बनाएको रहेछ भनेको सत्ता जोगाउनका लागि गठबन्धन । जनता जोगाउने गठबन्धन होइन, सत्ता जोगाउने गठबन्धन हो त्यो,’– उनले भने ।
रास्वपा प्रवेश गर्नेको संख्या बढिरहेको उल्लेख गर्दै इमान बोकेर आउनेहरुका लागिमात्रै पार्टीको ढोका खुल्ला रहेको बताए । ‘यो पार्टीमा सहभागी हुन सबैका लागि ढोका खुल्ला छ । हाम्रो मनको ढोका पनि खुल्ला छ । तर, इमान बोकेर आउने साथीलाईमात्र खुल्ला हो । बेइमानी छातिमा बोकेर आउनेहरुका लागि पार्टीको ढोका खुल्ला होइन,’– उनले भने ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


