१५ घण्टाका लागि मात्रै किन आए अमेरिकी सहायक विदेशमन्त्री लू नेपाल ?
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन्। उनी शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिए।
अमेरिकी राजदूतावासका अनुसार उनी केही बेर द्धारिका होटलमा आराम गरेपछि महारगन्जस्थित् अमेरिकी दूतावास पुग्नेछन्। अमेरिकी दूतावासबाट उनी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुग्नेछन्।
देउवासँगको भेटपछि उनी केही समयका लागि छाउनी पुग्ने कार्यक्रम रहेको छ। छाउनीबाट उनी सिधैं परराष्ट्र मन्त्रालय जानेछन्। परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन्।
साउदसँगको भेटपछि उनी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमालेको पार्टी कार्यालय च्यासल पुग्नेछन्। च्यासलको भेटपछि उनी प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विशेष भेटवार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नेछन्।
भेटपछि उनले बालुवाटारमा नै रात्रिभोजको आयोजना गरेका छन्।
बंगलादेशहुँदै काठमाडौं आएका सहायक विदेशमन्त्री डोनाल्ड लू १५ घण्टा नेपालमा बिताएर राति २: १५ बजे नेपालबाट प्रस्थान हुने कार्यतालिका रहेको छ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


