Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अभिनेता सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र ‘बगान’आजबाट प्रदर्शन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २९
अभिनेता सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र ‘बगान’आजबाट प्रदर्शन

काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ। पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन् ।

सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्याउनु सर्जकको दायित्व रहेको निर्देशक खनालले बताए। उनले भने,’एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स-परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।’

उनले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि निर्देशक खनालले चलचित्रको स्वरूप दिए। ‘म निर्देशकभन्दा पनि कथावाचक हुँ, यसमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरेको छु’, निर्देशक खनालले भने । चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरे । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरे ।

प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स