यस्ता अपराधमा हुन्छ जन्म कैद, कति वर्ष बस्नु्पर्छ जेल ?
काठमाडौं । राज्यको कानुनले गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको अवथा राज्यको कानुनले प्रतिबन्ध लगाएको काम गर्नु नै अपराध हो । राज्यको मौजुदा कानुन सबैले जानेको हुन्छ भन्ने अनुमान गरिन्छ । यस आधारमा अपराधिक क्रियाकलापपछि यो कार्य अपराध हो भन्ने मलाई थाहा थिएन भनेर कोही व्यक्तिले पनि छुटकारा पाउँदैन ।
अपराधलाई सामाजिक रोगका रुपमा पनि परिभाष्ति गर्ने गरिन्छ । यसले समाजमाको मूल्य, मान्यता, आदर्श र व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा खलल पुर्याएको हुन्छ । अपराध र अपराधी एक सिक्काका दुई पाटा हुन् । मानव सम्यताको इतिहासदेखि नै अपराध नभएको र अपराधी नभएको समाज थिएन । यस आधारमा पनि यो सामाजिक रोग हो ।
समाजमा आआफ्नै मनोवैज्ञानिक, नैतिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, जनसांख्यिक, भौगोलिक आदि परिवेशका आधारमा आपराधिक घटनाहरु भइरहेको हुन्छ । कतिपय अपराधहरु यस्ता हुन्छन्, अपराधमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही नगरेको खण्डमा समाजमा झनै अशान्ति बढेर जाने हुन्छ ।
राज्यले गम्भीर प्रकृतिका कसुरमा संलग्न अपराधीहरुलाई जन्म कैदको सजाय दिने गर्दछ । नेपालको सन्दर्भमा मुलुकी अपराध ९संहिता० ऐन २०७४ ले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या ९जेनोसाइड० गरेको वा गर्ने उद्देश्यले कसूर गरेको र जवर्जस्ती करणी गरी ज्यान मारेको अवस्थामा जन्म कैदको सजाय हुने व्यवस्था गरेको छ ।
जन्म कैदको सजाय गणना गर्दा पच्चीस वर्ष कैद सजाय हुने गरी गणना गरिन्छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


