नेपालीले वर्ष दिनमा खाए एक अर्ब ११ करोडभन्दा बढीको काजु र बदाम
जानकारी केन्द्र
२०८०, श्रावण, १३
काठमाडौँ । पछिल्लो एक वर्षमा नेपालले विभिन्न देशबाट एक अर्ब ११ करोड ६१ लाख १९ हजार रुपैयाँको काजु र बदाम आयात गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा १६ लाख ४५ हजार ८९८ केजी काजु र बदाम नेपाल भित्रिएको हो ।
२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा ५६ करोड ७ लाख ४१ हजार रुपैयाँको आठ लाख ५७ हजार ६२७ केजी काजु र ५५ करोड ५३ लाख ७८ हजार रुपैयाँको सात लाख ८८ हजार २७१ केजी बदाम नेपाल भित्रिएको छ ।
नेपालले चीन, भारत, मोजाम्बिक, कतार, सिंगापुर, युनाइटेड अरब इमिरेट्स, भेनेजुएला, भियतनाम, बेनिन, नाइजेरिया र अमेरिकाबाट काजु र बदाम आयात गर्ने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा नेपालले विभिन्न देशबाट दुई अर्ब एक करोड ४४ लाख दुई हजार रुपैयाँको २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम आयात गरेको थियो ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

