Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

ग्लोबल टी-२० मा सन्दीपको जादु, फेरि जिते मोमेन्ट अफ द म्याचको पुरस्कार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १३
ग्लोबल टी-२० मा सन्दीपको जादु, फेरि जिते मोमेन्ट अफ द म्याचको पुरस्कार

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी- २० मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शन देखाइरहेका छन् । सर्रेका हरेक खेलमा उनको महत्वपूर्ण योगदान छ ।

आज राति भएको खेलमा सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै टिमलाई जित दिलाए । प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एक पटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् ।

उनले एकै ओेभरमा दुई विकेट लिएर खेललाई सर्रेको पक्षमा ढल्काएका थिए । सन्दीपले यसअघि पनि दुई खेलमा मोमेन्ट अफ द म्याचको पुरस्कार पाइसकेका छन् । यो ५०० डलरको पुरस्कार हो ।

सर्रेको अर्को एउटा म्याच भने वर्षाका कारण रद्द भएको थियो । सन्दीपले अहिलेसम्म ४ खेलमा ७ विकेट लिएका छन्, जसमध्ये वर्षाले प्रभावित एक खेलमा उनले २ ओभर मात्र बलिङ गर्न पाएका थिए ।

जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी तेस्रो स्थानमा रहेका छन् । उनी ग्लोबल टी- २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

Top Changing Nepal

युट्युब सट्स