फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित
काठमाडौँ । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन्। यस्तै, नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छन् ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ। यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।
फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रूपमा पनि जोडिएका छन्। तिहारलगत्तै यस फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्ण पक्षले बताएको छ ।
फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिनअघि आधिकारिक सम्झौता भइसकेको छ ।
फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ । ओभरसिज राइट्स बिक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


