निमुखा जनताको जीवनस्तर उकास्ने पेसा होमस्टे : सुरेश श्रेष्ठ
भक्तपुर । होमस्टे निमुखा जनताको जीवनस्तर उकास्ने पेसा भएको सरोकारवालाले जनाएका छन् ।होमस्टे(घरबास) महासङ्घ नेपालको प्रथम चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै सरोकारवालाहरूले निमुखा जनताको जीवनस्तर उकास्ने पेसा होमस्टे भएको बताएका हुन् ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ४ शान्ति पार्कमा भएको पहिलो नगर सम्मेलनमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरमा होमस्टेको प्रचार प्रसारलाई तीव्र बनाउनु पर्ने बताउनु भएको छ । चाँगुनारायण नगरपालिकामा मात्र १३ वटा होमस्टे हुँदा हुँदै पनि प्रचार प्रसारको अभावले केही होमस्टेको विषयमा मात्र जनतालाई थाहा भएको भन्दै उहाँले यसकोलागि प्रदेशमा समेत पहल गर्ने उहाँले बताउनु भएको थियो ।
बागमती प्रदेश सरकारले होमस्टे पर्यटनका लागि टेवा पुग्ने गरी ल्याएको नीति कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै उहाँले चाँगुनारायण नगरमा होमस्टेको विकास र विस्तार र प्रवर्द्धनका लागि विगतमा गरिएका कामहरूको स्मरण गर्दै थप सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
बागमती प्रदेश सभा सांसद प्रेमभक्त महर्जनले आफू होमस्टेकर्मी नै भएको र होमस्टे एसोसिएसनमा रहेर काम पनि गरेकाले आफूलाई होमस्टेको समस्या के हुन थाहा भएको बताउनुभएको थियो । उहाँले संसदमा रहेर सरकारलाई होमस्टे मैत्री नीति तथा कार्यक्रम ल्याउन दबाब निरन्तर दिइरहेको र आगामी दिनमा पनि आफू निरन्तर होमस्टे पर्यटनलाई नै बढी जोड दिने पक्षमा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार डी पी ढकाल, चाँगुनारायण नगरपालिकाका पूर्व मेयर सोम प्रसाद मिश्र, चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत चुरामणि पन्थी, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत विजय कुमार शर्मा लगायतका अतिथिको उपस्थिति रहेको थियो । अध्यक्षमा कान्छा लामा अधिवेशनबाट कान्छा लामाको अध्यक्षतामा होमस्टे महासङ्घ नेपालको चाँगुनारायण समिति गठन गरिएको छ । चाँगुनारायण तदर्थ समितिका उपाध्यक्ष कान्छा लामाबाट विद्यमान समिति विघटन गरी ५ सदस्यीय निर्वाचन मण्डलबाट समितिको गठन गरिएको हो ।
बागमती प्रदेशका स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले पहिलो अधिवेशन सम्पन्न गर्दै आफ्नो कार्यसमिति चयन गरेको हो । नगरपालिकामा दर्ता भएका होमस्टेहरूमध्येबाट प्रतिनिधि चयन गरी समिति गठन गरिएको थियो । नगरपालिका भित्र १३ वटा होमस्टे दर्ता भई सञ्चालनमा आएको छ जसबाट अधिवेशनमा नगरभित्रका १३ होमस्टे मध्ये ९ वटा होमस्टेबाट ४४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


