हरियो खर्सानी खानुका फाइदाहरू, दिमाग पनि तेज बनाउँछ
खुर्सानीको बाहिरी भाग हरियो र चिल्लो हुने गर्दछ । यो पाक्यो भने रातो रङ्गमा परिवर्तन हुन्छ र खुर्सानीको स्वाद अझ बढाउँछ । हरियो खुर्सानी हामी सबैले खाने गर्दछौं । कुनै व्यक्तिले खुर्सानी पिरो भएकै कारण खाने गर्दछन् भने कसैलाई त्यसको पिरो मन नै पर्दैन । खुर्सानीमा पाइने पिरो पदार्थले हामीले खाने खानामा स्वाद थप्नुको साथै हाम्रो शरीरका विभिन्न भागहरुलाई पनि फाइदा दिने गर्दछ । खुर्सानीको फाइदाको बारेमा हामीलाई थाहा नै हुँदैन । कुनै मानिसलाई हरियो खुर्सानी खान मन पर्दैन तर, खानामा केमिकल मिसिएको रातो खुर्सानीको धुलो प्रयोग भने गरिरहेका हुन्छन् ।
खुर्सानीको धुलोमा भन्दा हरियो खुर्सानी स्वास्थ्यको लागि राम्रो र स्वादिलो पनि हुन्छ । हरियो खुर्सानी त्यति धेरै पिरो पनि नहुने र त्यसले पाचन प्रक्रियामा असर नपार्ने भएकोले हरियो खुर्सानी खान सकिन्छ । हरियो खुर्सानीमा धेरै पौष्टिक तत्व पाईन्छ । भिटामिन, आइरन, कपर, पोटासियम, प्रोटिन, कार्बोहाइट्रेड धेरै मात्रामा पाइन्छ । जसले हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।
१. हरियो खुर्सानीले सुगर बिरामीलाई फाइदा गर्दछ । रातीको समयमा एक गिलास पानीमा दुई वटा हरियो खुर्सानी काटेर भिजाएर राख्ने र बिहानको समयमा पिउनाले ब्लड सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
२. हरियो खुर्सानीमा क्यालोरी नपाइने भएकोले तौल बढि भएको व्यक्तिको तौल कम गर्नमा मद्दत गर्दछ ।
३. हरियो खुर्सानीमा भिटामिन सीको मात्रा अधिक हुने भएकोले यसले हाम्रो इम्युन सिस्टमलाई बलियो बनाउन मद्दत गर्दछ ।
४. हरियो खुर्सानीमा भरपूर्ण एन्डिअक्सिडेन्ट पाइने हुनाले शरीरको आन्तरिक सफाई गर्नुको साथै फ्री रेडिकल्स हुनबाट बचाउँछ । जसले, क्यान्सर हुनबाट रोक्न मद्दत गर्दछ ।
५. हरियो खुर्सानीमा भिटामिन धेरै पाइने भएकोले यसको प्रयोगले अनुहारलाई सुन्दर र चम्किलो बनाउन मद्दत गर्दछ ।
६. हरियो खुर्सानीमा मह मिसाएर खानाले दम रोगका बिरामीलाई राहत मिल्दछ । यसमा क्याप्सेसन पाइन्छ जसले नाकको रक्तप्रवाहलाई सजिलो बनाउँछ ।
७. हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण पाइन्छ जसले शरीरलाई संक्रमित हुनबाट बचाउँछ । त्यसैले हरियो खुर्सानी खानाले संक्रमणको कारणले हुने रोगलाई रोक्छ ।
८. हरियो खुर्सानीमा धेरै मात्रामा आइरन पाइन्छ जसको प्रयोगले शरीरमा रगतको कमि हुन दिदैन ।
९. हरियो खुर्सानीको प्रयोगले पाचन प्रकृयालाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।
१०. हरियो खुर्सानीको प्रयोगले आँखा तेजिलो हुनुको साथै दिमागलाई तेज बनाउन मद्दत गर्दछ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


