अधिवक्ता भगवती पाण्डे पक्राउ
काठमाडौं । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।
एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्।
पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभिन्न जातीय संघ संस्थाले उजुरी दिएका थिए ।
नेपाल तामाङ संघ, नेपाल मगर संघ लगायतका संस्थाले उजुरी दिएपछि केहीदिन अघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।
अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


