रास्वपाले गर्यो पत्रकार कुट्ने जिल्ला संयोजकको निलम्बन फुकुवा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ।
गत साउन ८ गते खड्काले बझाङका एक पत्रकारलाई कुटेपछि विवादमा तानिएका थिए । रास्वपाले पत्रकार कुटेको घटना सार्वजनिक भएपछि साउन ९ गते उनलाई संयोजकको जि म्मेवारीबाट निलम्बन गरेको थियो ।
पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको रास्वपाले जनाएको छ ।
बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै साउन ८ गते खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेका थिए ।
खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए ।
साउन ९ गते पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र प्रेस चौतारीका तर्फबाट सहसचिव सुरेश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


