Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सन्दीपको टिमलाई हराउँदै दीपेन्द्र सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० को उपाधि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, २२
सन्दीपको टिमलाई हराउँदै दीपेन्द्र सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० को उपाधि

काठमाडौं । मोन्टरियलले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । फाइनलमा मोन्टरियलले सर्रे जागुअर्सलाई ५ विकेटले पराजित गर्दै ग्लोबल टी-२० को उपाधि जितेको हो ।

सर्रेले दिएको १३१ रनको लक्ष्य पछाएको मोन्टरियलले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मोन्टरियलको जितमा नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले १७ बलमा १६ रन बनाएर रिटायर्ड आउट भएका थिए ।

दिपेन्द्रले यस सिजनका ८ खेलमा १४३ रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको सर्रेले २० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो । मोन्टरियलले पहिलो पटक ग्लोबल टी-२० को उपाधि जितेको हो ।

यसअघि २०१९ मा भएको दोस्रो ग्लोबल टी-२० विन्निपेग हाव्क्सले जितेको थियो भने २०१८ को पहिलो ग्लोबल टी-२० भ्यानकोभ नाइट्सले जितेको थियो । मोन्टरियलले सन्दिप लामिछाने आवद सर्रेलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा सन्दिपले ३ ओभरमा २० रन दिँदा विकेट लिन सकेनन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स