प्रहरी कार्यालयमा किन थुप्रिन्छन् सवारी साधन ?
काठमाडौं । भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा यताउता गर्दै थिए । उनी आफ्नो स्कुटर लिन ट्राफिक कार्यालय पुगेका थिए । आफ्नो विवरण खुल्ने कागजात लिएर ट्राफिकमा पुगे पनि कार्यालयका कर्मचारीले घरी के, घरी के भनेर अल्झाइरहेका थिए ।
बुधबार दिउँसो १२ बजेतिर परिसरमा भेटिएका उनले ३ वर्षअघि स्कुटर बेचेका थिए । तर, पास गरेका थिएनन् । स्कुटर किन्ने व्यक्तिले पटक–पटक आग्रह गरे पनि पास गर्नका लागि आनाकानी गरे । कागजात अजयकै नाममा थियो । एकदिन मापसेको आरोपमा ट्राफिक चेकिङका क्रममा स्कुटर प्रहरीले नियन्त्रणमा लियो ।
स्कुटर लिन आउन भन्दै ट्राफिक कार्यालयबाट पटक–पटक फोन गरेपछि अजय काठमाडौं आएका थिए । तर, घरी बिलबुक ल्याउन त, घरी यातायात कार्यालयको पत्र ल्याउन भन्दै प्रहरी कर्मचारीले अजयलाई अल्मलाइरहे ।
अजय भन्छन्, ‘आफ्नै नामको स्कुटर लिन पनि यति झन्झट ? यस्तै गर्छन् र सवारी धनी आउनै खोज्दैनन् । जरिवाना तिरेर सजिलै लैजान पाए लाखौं पर्ने सवारी साधन यसै कसले छाड्छ ?’
यस्तै केही दिनअघि एक महिला र पुरुष पार्टी ड्रेसमै ट्राफिक कार्यालयमा भेटिएका थिए । सडकमा मोटरसाइकल पार्क गरेर पाटी प्यालेस पसेका उनीहरू बाहिर निस्कँदा मोटरसाइकल नभेटेपछि हस्याङफस्याङ गर्दे ट्राफिक महाशाखा पुगेका थिए ।
सडकमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले उनीहरूको सवारी साधन बग्गीखाना पुर्याएको थियो । पार्किङ शुल्क तिरेर सवारी लैजाने तयारी गरेका उनीहरूलाई प्रहरी कर्मचारीले रोकिरहे । घरी कर तिरेको रसिद माग्थे त घरी लाइसेन्स कहाँबाट निकालेको भन्दै केरकार गर्थे ।
प्रहरी कार्यालयमा यस्ता दृश्य हरेक दिन देखिन्छन् । कोही बिल बोकेर आएका हुन्छन् त कोही सवारी साधन लैजान पाउ भन्दै याचना गरिरहेका हुन्छन् । तर, नियमले बाधिएको भन्दै ट्राफिक प्रहरी सवारीधनीसँग लचिलो देखिँदैन ।
ट्राफिक नियम तोडेको भन्दै उनीहरूप्रति रुखो व्यवहार देखाउँछन् । उपत्यकाभरको प्रहरी कार्यालयमा र ट्राफिक कार्यालयमा २ हजार बढी संख्यामा सवारी साधन थुप्रिएका छन् । जसमा दुईपाङग्रे १९१३ र चारपांग्रे ४१ वटा छन् ।
१०० जनाले भने प्रक्रिया पुर्याएर सवारी साधन फिर्ता लगेका छन् । वर्षौंदेखि यसरी थुप्रिएका सवारी साधन न त सवारीधनीले लैजान नै सक्छन् न त सरकारले बेच्न वा प्रयोग गर्न नै पाउँछ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

