देशमा अथाहा अवसर छ युवाले त्यसको उपयोग गर्नुपर्छ : अर्थमन्त्री महत
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा बोल्दै मन्त्री महतले नेपालमा धेरै अवसर रहेको र उक्त अवसर हेर्ने सुष्म आँखा चाहिएको बताए ।
विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने उनले बताए । नेपालमै अवसर अथाह रहेको र त्यसको उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।
‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’ मन्त्री महतले भने, ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’
प्रविधिका कारण मार्केटिङमा समेत सहज भएको उनले बताए । डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिने अवस्था आएको उनको भनाई छ । न्छ
नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोगजारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकरात्मक कुरा गर्ने गरेको भन्दै उनले गुनासो गरे ।
अब पोजेटिभ नेशनल डिस्कोर्स सुरु गर्न आवश्यक रहेको उनको भनाई छ । पर्यटन, आइटी, हाइड्रो र कृषिको नेपालमा धेरै स्कोप रहेको उनले बताए ।
बाहिर गएर स्किल लिएर फर्किएकाहरुलाई सरकारले प्रोत्साहन गर्ने मन्त्री महतको भनाई छ । देशमा अवसर नदेखेर विदेशिनेहरुले पनि विभिन्न समस्याहरु भोग्नुपरेकोतर्फ लक्षित गर्दै मन्त्री महतले भने,– ‘देशबाहिर सुनको श्रीलङ्का छैन, विदेश जाने तयारीमा रहनु भएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन, उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक श्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उहाँहरु गुज्रिनु भएको छ ।’ नेपालमा रहेका अवसरहरुलाई सदुपयोग गर्न आवश्यक रहेको उनले बताए ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


