टी-२० क्रिकेट : यूएईले न्युजिल्याण्डलाई हरायो, बनायो कीर्तिमान
एजेन्सी । टी-२० क्रिकेटमा यूएईले न्युजिल्याण्ड हराएर नयाँ कीर्तिमान बनाएको छ । गएराति यूएईमा भएको दोस्रो टी-२० क्रिकेटमा न्युजिल्याण्डलाई ७ विकेटले हराएर यूएईले कीर्तिमान बनाएको हो । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्क चापम्यानले सर्वाधिक ६३ रन बनाए । यूएईका आयान अफजल खानले ३ तथा मुहमद जवादुल्लाहले २ विकेट लिए ।
१ सय ४३ रनको लक्ष्य यूएईले १५ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । यूएईका कप्तान मोहम्मद वसिमले ५५ रन रन बनाए । न्युजिल्यान्डका टिम साउथी, मिचेल स्टेनर र केइल जेमिसनले एकरएक विकेट लिए । जितसँगै तीन खेलको शृङ्खला एकरएकको बराबरी भएको छ ।
पहिलो टी-२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । अन्तिम तथा निर्णायक टी–२० खेल आज बेलुका पौने ८ बजे सुरु हुनेछ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


