Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, ६
काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्यो

काठमाडौं । काठमाडौंबाट पोखराका लागि छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा ८ जनाको ज्यान गएको छ । त्यस्तै, दुर्घटनामा १६ जना घाइते भएका छन् ।

दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तु जयसवालले जानकारी दिए ।

घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाएको र २ जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ । ज्यान गुमाउनेमध्ये २ जना महिला र ६ जना पुरुष रहेका छन् । गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

Top Changing Nepal

युट्युब सट्स