Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

‘पशुपतिप्रसाद–२ः भष्मे डन’ को ‘दुई चुल्ठी बाटन’ बोलको गीत सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, १४
‘पशुपतिप्रसाद–२ः भष्मे डन’ को ‘दुई चुल्ठी बाटन’ बोलको गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२स् भष्मे डन’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश पहिलो गीत ‘दुई चुल्ठी बाटन’ रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत रहेको छ । गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, नायिका आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा प्रवीन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ । ‘पशुपतिप्रसाद’को मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेश हुन्छ । त्यसपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपतिप्रसाद २ स् भष्मे डन’मा विपीनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स