भृकुटीमन्डप इभी एक्स्पोमा हर्विन ईलेक्ट्रिक् स्कूटर
काठमान्डौँ । हर्विन ईलेक्ट्रिक् स्कूटर र ईकुटर ब्रान्डको ईलेक्ट्रिक् स्कूटरको नेपालका लागि अधिक्रित विक्रेता पायोनियर वर्ल्डवाईड प्रा. लि. ले आफ्ना ईलेक्ट्रिक स्कुटर तथा मोटरसाईकलको मुल्यमा भारी छुटको योजना ल्याएको छ । आज देखी भ्रिकुटीमन्डपमा सुरु भएको ईभी एक्स्पो तथा आउँदै गरेको दसैं तिहारको अवसर पारेर छुटको ब्यवस्था गर्न लागिएको पायोनियर वर्ल्डवाईड प्रा. लि. का निर्देशक श्याम सुन्दर सापकोटाले बताउनु भयो ।
ईकुटर ब्रान्डको ईलेक्ट्रिक् स्कूटरः
२००० वाट मोटर, ६० भोल्ट ३२ एम्पियर आवर क्षमताको लिड एसिड ब्याट्री भएको ET3 रु २,००,००० मा बिक्री हुँदै आएकोमा अब १,७५,००० मै पाउन सकिने छ । साथै लिथीयम आयोन ब्याट्रीमा उपलब्ध ET3 को मुल्य रु २,७५,००० बाट घटाएर २,४०,००० पुर्याईएको छ । ४२०० वाटको मोटर , २.९ किलोवाट आवर क्षमताको लिथीयम आयोन ब्याट्री रहेको E2 मोडलको मुल्यमा ४५,००० को छुट दिईएको छ । अब उक्त E2 मोडलको स्कूटर रु ४,२०,००० मा नै पाउन सकिने छ। ८ किलोवाट क्षमताको मोटर , डबल ब्याट्री , चेन ड्राईभ सिस्टम रहेको E5 मोडल रु ७,५०,००० मुल्य तोकेर बिक्री सुरुगरिएको थियो । उक्त मोडलमा अब रु ६०,००० सम्मको छुट प्राप्त गर्न सकिने छ ।
हर्विन ईलेक्ट्रिक् स्कूटर:
पायोनियर वर्ल्डवाईड प्रा .लि. ले हर्विन ब्रान्डको स्कुटर तथा मोटरसाईकलमा पनि ब्यापक छुटको योजना ल्याएको छ । रु ३,७५,००० पर्ने EK1 मोडल जसमा २८०० वाट मोटर , २.६ किलोवाट आवर क्षमताको लिथीयम आयोन ब्याट्री रहेको छ , उक्त स्कुटर अब रु ३,५५,००० मै प्राप्त गर्न सकिने छ । त्यतीमात्र नभै रु ६,५०,००० मुल्य तोकेर बिक्री सुरु गरिएको हर्विन CR6 मा अब ग्राहकहरुले रु ५०,००० को छुट प्राप्त गर्ने छन ।

सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


