Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज देखि भृकुटिमण्डपमा “नेपाल इ भि इन्टरनेशनल सो” सुरु भएको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, १५
आज देखि भृकुटिमण्डपमा “नेपाल इ भि इन्टरनेशनल सो” सुरु भएको छ

काठमान्डौँ । मीडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जिविसन एण्ड सर्विसेस इंडिया प्रा लि तथा ईलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोटर्स एस्सोसिएसन अफ नेपाल को संयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतिय माध्यमहरु बाट उपभोग बढा्रई देशलाई आर्थिक रुपमा सवलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतिय व्यवसायिहरुको समग्र विकाश तथा व्यापार प्रवर्धनमा अत्यधिक टेवा पुर्याउने उद्धेश्यका साथ यस प्रर्दशनि गर्न लागिएको बताईएको छ ।

उक्त प्रदर्शनिमा स्वदेशि तथा विदेशि गरी १०० भन्दा बढि कम्पनिहरुको स्टल रहेने तथा विद्युतिय सवारीलाई प्रदर्शन तथा प्रोत्साहन गर्ने, सवद्युत तथा गुणस्तरीय विद्युतिय सामाग्रहिरुको व्यवसाय विकास एव यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्र्रिय व्यपारको सहजिकरण एवं प्रवर्धनका लागि उक्त प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।

यस प्रदर्शनिमा विद्युतिय कार, विद्युतिय स्कुटर, मोटरसाईकल विद्युतिय साईकल तथा रिक्सा चार्जिङ् स्टेसन,ब्याट्रि ट्रान्समिसन तथा डिष्ट्र्रिब्युसन सामाग्री, उर्जा आपुर्ति तथा नियन्त्रण यन्त्र हाउस वायरिङ सामाग्री,वायर,केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु,एलिडि लाईटिङ ईलेक्ट्रोनिक्स उपकरण ,घरेलु विद्युतीय उपकरणहरु, कार्यलय प्रविधि तथा अन्य विद्युतिय सामाग्रीका कम्पनिहरुको उक्त प्रदर्शनिमा सहभागिता रहेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय ईलेक्ट्रिक, ईलेक्ट्रोनिक्स सञ्चार एवं सुचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमिहरुलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुका साथै यी उद्योगमा भएका नविनतम उपलब्धिहरु बारे सुचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्व बारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन् ।

यस प्रदर्शनिमा सहयोगि संस्थाको भुमिकामा वैकल्पिक उर्जा प्रर्वधन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा  USAID Clean Air/ FHI 360  रहेका छन् भने ल्यान्यार्ड पार्टनरमा यासाडु तथा ई कमर्श पार्टनरमा दराज रहेको छ । तीन दिने उक्त प्रदर्शन २०८० भाद्र १५ गते बिहान ११:०० बजे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत बाट उद्घाटन् कार्यक्रम भएको छ ।

 

यस्तो रहेको छ रौनक :

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स