Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ जारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २१
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले दिएको बलात्कार सम्बन्धी मुद्दामाथि सुनुवाइ जारी छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सुुनवाई सुरु भएको हो । सुुनवाई आजै सकिएमा फैसला पनि आजै आउन सक्ने संभावना रहेको बताइएको छ ।

यसअघि भदौ १० गते सुनुवाइका लागि मुद्दाको पेशी तोकिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले आजका लागि पेशी तोकेको थियो। लामिछाने एसिया कप खेलेर बुधबार स्वदेश फर्किएका छन्।

साउन ३२ गते जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा पीडितको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश दिएको थियो। न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्ममिति दुईथरी देखिएकाले यकिन गर्न आदेश दिएको थियो।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ।

यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए।

naima expoTop Changing Nepal

युट्युब सट्स