योग्य व्यक्तिलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्छु : केपी ओली
जानकारी केन्द्र
२०८०, भाद्र, ३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राजनीतिक रुपमा अझै २० वर्ष सक्रिय भएपनि योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन् ।
आज ‘बासँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना सुनाएका हुन् ।
कार्यक्रममा ओलीलाई सोधिएको तपाईंको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा उनले भने, ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ । अहिले ठीक छु । दोस्रो पटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहेपनि योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।’
कार्यक्रममा ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिँड्ने गरेको समेत बताएका थिए ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


