तोलामा१४ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ किनबेच ?
जानकारी केन्द्र
२०८०, आश्विन, ११
काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १४ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुन प्रति तोला एक हजार ३ सय ५० रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदीको भाउ समेत आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ९ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम रहेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


