Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

जलाउँदै गरेको युवतीको शव चिताबाट बरामद, तीन जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, ११
जलाउँदै गरेको युवतीको शव चिताबाट बरामद, तीन जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीबाट जलाउन लागिएको एक युवतीको शव बरामद गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका १ का सुनिल साहकी २१ वर्षिय श्रीमती मनिसा साहको शव प्रहरीले बरामद गरेको हो । शवसँगै तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको र थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स