Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

खोलाले बगाएको जीप भित्र एक जना मृत फेला, दुई अझै बेपत्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १४
खोलाले बगाएको जीप भित्र एक जना मृत फेला, दुई अझै बेपत्ता

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ। कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो।

जीपसँगै एक जना यात्रु मृत भेटिएका छन्। मृतकको सनाखत भने भइसकेको छैन। जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको छ । प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको छ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप शुक्रबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थिए।

 

naima expoTop Changing Nepal

युट्युब सट्स