नेपालमा मनसुन फेरि सक्रिय, एक सातापछि बाहिरिने
काठमाडौं । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ ।
अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने देखाएको छ । पूर्वी नेपालदेखि कर्णाली र सुदूरपश्चिमसम्म नै बदली र वर्षाको क्रम करिब चार दिन सक्रिय रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताइन् ।
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले पनि मनसुन ढिला बाहिरिने भएको उनले जानकारी दिएइन् । उनले मनसुन बाहिरिने मिति नजिकै रहेकाले एकै दिनमा मौसम बदली भएर बाहिरिने अवस्था आउन सक्ने सम्भावना प्रबल रहने औँल्याइन् ।
महाशाखाका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना कायमै रहँदा नेपालमा मनसुन फेरि सक्रिय बनेको हो ।
जसले देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

