रिगलको आममाफीविरुद्धको रिट श्रेष्ठ,भट्टराई र रेग्मीको पूर्ण इजलासमा
काठमाडौं । बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएको रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।
रिट सुनुवाइका लागि बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेको पूर्ण इजलासमा पेशी तोकिएको छ ।
२०७२ असार २८ गते दुई समूहबीच विवाद हुँदा चेतनको हत्या भएको थियो । उक्त हत्यामा संलग्न रहेका रिगललाई २०७५ बैशाखमा जिल्ला अदालत बाँकेले जन्मकैदको सजया सुनाएको थियो । नेपाली कांग्रेसका नेतासमेत रहेका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र गृहसचिव दिनेशकुमार भट्टराईको जोडबलमा राष्ट्रपति रामचन्द्र पौडेलले नवौं संविधान दिवसको अवसरकमा गत असोज ३ गते आममाफी दिएका थिए ।
आफ्ना श्रीमानको हत्या आरोपीलाई उन्मुक्ति दिएपछि चेतन पत्नी भारती मानन्धरले सर्वोचमा रित हालेकी थिईन् । उनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


