Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एमसीसी परियोजना अन्तर्गत नेपालमा सञ्चालित प्रसारण लाइन सम्बन्धी सबै ठेक्का रद्द

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २६
एमसीसी परियोजना अन्तर्गत नेपालमा सञ्चालित प्रसारण लाइन सम्बन्धी सबै ठेक्का रद्द

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा नेपालमा सञ्चालित परियोजनाअन्तर्गत प्रसारणलाइनसम्बन्धी सबै ठेक्का रद्द गरिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ती सबै ठेक्का रद्द गरिएको शुक्रबार एक सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

ठेक्काहरू ६१ प्रतिशत महंगो भएपछि रद्द गर्नुपरेको एमसीए–नेपाल स्रोतले बताएको छ । अब छिट्टै नयाँ बोलपत्र आह्वान गरिने स्रोतले जनाएको छ । प्रसारण लाइनको प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना, परीक्षण अन्तर्गतका सबै बोलपत्रहरू रद्द गरिएको सूचनामा उल्लेख छ ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा ४०० केभी प्रसारण लाइन, रातमाटे–नयाँ दमौली ४०० केभी प्रसारण लाइन, नयाँ दमौली–नयाँ बुटबल ४०० केभी प्रसारणलाइन र नयाँ बुटबल– नेपाल भारत सीमा ४०० केभी प्रसारण लाइनका ठेक्का रद्द गरिएका छन् ।

“प्राप्त बोलपत्रहरूको मूल्यांकन गरियो र मिलेनियम च्यालेन्ज कर्पोरेसन कार्यक्रमको बोलपत्र गाइलाइन्सको खण्ड पी१.ए.२.७५ र पी१.ए.२.७७ बमोजिम बोलपत्र मूल्यहरू मूल अनुमानभन्दा धेरै बढी भएकोले सबै बोलपत्र अस्वीकार गरियो,” एमसीए–नेपालले जारी गरेको सूचनामा बोलपत्र रद्द गर्नुको कारण भनिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स