विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा
काठमाडौं । विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज पाकिस्तान र भारतबीच खेल हुँदैछ। नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि भारतको हमदावादमा हुने खेलको अंक तालिकामा भारत तेस्रो तथा पाकिस्तान चौथो स्थानमा रहेका छन।
जारी विश्वकप क्रिकेटमा दुवैको यो तेस्रो खेल हो। यस अघि दुवैले लगातार दुवै खेल जितेका छन। ५० ओभरको विश्वकप क्रिकेटमा यी दुई विच अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । सातै पटक भारतले पाकिस्तानलाई हराएको छ । टी २० विश्वकपमा पनि यी दुई सातै पटक आमने सामने भएका छन ।
५ पटक भारतले खेल आफ्नो पक्षमा पारेको छ भने एक पटक पाकिस्तानले भारतलाई हराएको छ। एक पटक भने खेल बराबरीमा सकिएको छ। विश्वकप क्रिकेटमा भारतले दुई पटक उपाधि जितेको छ भने पाकिस्तानले एक पटक उपाधि हात पारको छ ।
एक दिवसीय खेलमा भारत र पाकिस्तान विच अहिले सम्म १३४ पटक प्रतिस्पर्धा भएको छ। पाकिस्तानले ७३ पटक खेल जित्दा भारतले ५६ पटक पाकिस्तानलाई पराजित गरेको छ भने ५ पटक खेल बराबरीमा सकिएको छ । त्यसैगरी टी २०मा १२ पटक प्रतिस्पर्धा हँुदा भारतले ९ तथा पाकिस्तानले ३ पटक खेल जितेका छन।
त्यसैगरी टेस्ट क्रिकेटमा अहिले सम्म भारत र पाकिस्तान विच ५९ पटक खेल भएको छ । १२ पटक पाकिस्तानले भारतलाई हराएको छ भने भारतले ९ पटक खेल जितेको छ। त्यसैगरी ३८ पटक खेल बराबरीमा सकिएको थियो।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

