बालुवाटारको लिखित सहमति २४ घण्टामै तोडियो
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । उनले नेकपा एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन।
कार्की शनिबार एमालेको ३९ सांसद र कांग्रेसको विद्रोही समूहको ८ सांसद्को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । सत्ता गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि पार्टीबाट विद्रोह गर्दै नेता शेखर कोइरालाको साथले केदार कोशीको मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ मा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुनपर्ने र कुनैपनि सांसदलाई दलको ह्वीप नलाग्ने व्यवस्था रहेको छ । कार्कीले त्यही व्यवस्थाको फाइदा लिँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
केदार कोशीमा मुख्यमन्त्री नियुक्त हुनासाथ काठमाडौंमा भएको एउटा लिखित सहमति भने २४ घण्टामै उल्लंघन भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेता डा शेखर कोइरालाबीच वर्तमान सत्ता गठबन्धनलाई कायमै राख्ने र अझ मजवुद बनाउने लिखित साहमति भएको थियो । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका थिए ।
शनिबार तीन नेताबीच भएको उक्त लिखित सहमतिको तात्पर्य केदार कार्की नेतृत्वको सरकारलाई गठबन्धनकै सरकारमा बदल्ने र नेकपा एमालेलाई प्रतिपक्षीमा धकेल्ने रहेको विश्लेषण भएको थियो । तर त्यसको २४ घण्टाभित्रमै एमालेसहितको मन्त्रिपरिषद् विस्तार भएपछि उक्त सहमति उल्लंघन भएको र प्रदेशको सत्ता गठबन्धन भत्किएको चर्चा सुरु भएको छ । भने शेखर कोइरालाले सहमति उल्लंघन गरेको आरोप लागेको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

