Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रास्वपाको १२ सदस्यीय सचिवालय गठन, यी हुन् पदाधिकारीहरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, १३
रास्वपाको १२ सदस्यीय सचिवालय गठन, यी हुन् पदाधिकारीहरु

काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना रहेको सचिवालय गठन गरेको छ । रास्वपाको जलेश्वरमा बसेको संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो ।रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ ।

सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ ।

१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा

naima expoTop Changing Nepal

युट्युब सट्स