चन्द्रनिगाहपुरमा उत्पादन हुने पानी गुणस्तरहिन, कार्की भन्छन्- ‘स्थानीय सरकार निरिह बन्यो’
रौतहट । रौतहटमा गुणस्तरहिन पिउने पानीको विगविगी बढेको छ । उपभोक्ताहरूको घर, अफिस, होटल तथा रेष्टुरेन्टमा पुग्ने अधिकांश ब्राण्डका पिउने पानीहरु गुणस्तरहिन देखाएको छ ।
रौतहटमा उत्पादन हुने पानी गुणस्तरहिन भएको भएपनि त्यसलाई उत्पादनमा रोक लगाउने तर्फ चन्द्रपुर नगरपालिकाले कुनै चासो नदिएको उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् ।
चन्द्रनिगाहपुरमा मुनड्रप्सको पानीको बोतलहरुमा लेउ भेटिदा पनि सामान्य स्पष्टिकरण सोध्ने हिम्मत पनि चन्द्रपुर नगरपालिकाले नगरेको भन्दै अनमोल कार्कीले सामाजिक संजाल मार्फत प्रश्न गरेका छन् ।
उनी भन्छन्-“काठमाडौं महानगरपालिकाले पानीको बोलतमा लामखुट्टे भेटिएको भन्दै पानी कम्पनीलाई एक लाख जरिवाना तिराएछ । हाम्रो चन्द्रनिगाहपुरमा मुनड्रप्सको पानीको बोतलहरुमा लेउ भेटिदा पनि सामान्य स्पष्टिकरण सोध्ने हिम्मत पनि गरेन हाम्रो चन्द्रपुर नगरपालिकाले ११ स्थानीय सरकार भएर पनि कति डराएको, कति निरिह भएको ??”
सो कम्पनीले उत्पादन गरेको पानीको सिलप्याक बोतलमा पटक पटक अखाध्य पदार्थ भेटिदा समेत चन्द्रपुर नगरपालिकाले सो कम्पनीलाई कार्वाहीको दायरामा ल्याउन नसकेको पत्रकार अनमोल कार्कीको भनाइ रहेको छ ।
खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरु सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था रहेको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


