Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

शान्ति–अहिंसा प्रार्थनार्थ गुफा बस्दै ‘लामा’हरू

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, १९
शान्ति–अहिंसा प्रार्थनार्थ गुफा बस्दै ‘लामा’हरू

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मावलम्बी ‘लामा’हरू (कुन्छाम्) गुफा बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा धेदुङको आयोजनामा यही मङ्सिर २९ गतेदेखि करिब दुई सय लामाहरू गुफा बस्न लागेका हुन् ।

विषेशगरी शान्ति र अहिंसाको प्रार्थनाका लागि लामाहरू डेढ महिना गुफा बस्न लागेको संस्थाका अध्यक्ष वीरबहादुर वाइबा जानकारी दिए । उनका अनुसार गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट करिब दुई सय लामा आएका छन्।

ताल्ढुङ्गामा यही मङ्सिर २९ गते गुफा कार्यक्रमअन्तर्गत शुभारम्भ भएसँगै भोलिपल्ट लामागुरू खेन्पोसेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ । उनका अनुसार शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा सांस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने छ । यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पुर्याउनुका साथै बौद्धधर्म, कला–संस्कृतिको संरक्षण, संवर्द्धन र विकाससँगै समस्त लामाको हक–हित, भाषा, लिपि, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो एकरूपता र सरल पार्ने विषयमा बृहत् छलफल हुने जनाइएको छ ।

“तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष वाइबाले भने । ४५ दिनसम्म चल्ने कुन्छाम् कार्यक्रममा लामाका लागि खान–बस्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन विकासमा टेवा पुग्ने बताएका छन् । उनले खानीखोलालाई धार्मिक पर्यटनको रूपमा विकास गर्न गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममासमेत समेटिएको जानकारी दिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स