आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कपमा नेपाल पाकिस्तानसँग भिड्दै
काठमाडौं । यूएईमा आजदेखि सुरु हुने १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज नेपाली क्रिकेट टोलीले पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ।
प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्। समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता पुस १ गते सम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्। जापान र युएई बाहेक अन्य सबैलाई एसिया कप २०२४ जवनरी १३ देखी फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप अघिका अन्तिम तयारी हो।
यू–१९ विश्वकपमा नेपालको समूह डी मा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई हराएको थियो। त्यसपछि नेपालले उमेर समूहमा कुनैपनि टेस्ट टोलीलाई हराएको छैन। नेपालले आइतबार अफगानिस्तानसँग खेल्नेछ भने आगामी मंगलबार भारतको सामना गर्नेछ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

