Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

१४ किलो सुन बोकेर आएका चन्द्रले जव सुन मीनबहादुरको रहेको रहस्य खोले

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २२
१४ किलो सुन बोकेर आएका चन्द्रले जव सुन मीनबहादुरको रहेको रहस्य खोले

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहिबार राती पक्राउ गरिएको सुन गोरखाका मीनबहादुर घलेको रहेको खुलेको छ ।

विहिबार राती ११ः४० बजे फ्लाई दुबईको एफजेड ५७३ नम्बरको उडानबाट काठमाडौं आर्लिएको गोरखाकै चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेपछि उक्त सुन मीनबहादुर घलेको भएको खलेको छ ।

छाती र जुत्तामा सुन लुकाएर ल्याएको सुन पक्राउपछि चन्द घलेले विमानस्थल भन्सार कार्यालयलाई दिएको बयानमा आफु भरिया मात्रै भएको बताएका छन् । उनी जहाजबाट सबै यात्रु ओर्लिसकेपछि अन्तिममा बाहिर निस्किएका थिए ।

उनले बिस्कुट आकारको ७ थान (१४ किलो) सुन कपडाको भित्रि ज्याकेज बनाएर छातीको दायाँबायाँ राखेर ल्याएका थिए उनको बयानको आधारमा प्रहरीले मीनबहादुरलाई राति नै धुम्बाराहीबाट पक्राउ गरेको छ । उनीहरू दुवै जना गोरखाको भएको बुझिएको छ ।

पक्राउ परेका दुबैजना निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मामा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स