भ्रष्टाचार नियन्त्रणका लागि सरकार दृढतापूर्वक अगाडि बढिरहेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार भ्रष्टाचार नियन्त्रणका लागि थप दृढतापूर्वक अगाडि बढ्ने बताएका छन् । आज (शनिबार) भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले राज्यका सबै अंगलाई कानुनबमोजिम परिचालन गरिरहेको र आगामी दिनमा पनि थप सशक्त कदम चाल्ने बताएका हुन् ।
भ्रष्टाचारको कारण पहिचान गरी त्यसको निवारणका लागि सरकार लागि रहेको उनले बताए । उनले यो बीचमा भ्रष्टाचार विरोधी अभियानले केही सफलता हासिल गरेको बताए । साथै, यो बीचमा केही आशाका अनुभूतिहरु पनि पाएको उनको दाबी छ । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी रहेको पनि उनले स्मरण गराए ।
साथै, आफूले प्रधानमन्त्रीको जिम्मेवारी पाएदेखिनै सुशासन, सामाजिक न्याय, र समृद्धिलाई लक्ष्य बनाइ अगाडि बढिरहेको बताए । सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अगाडि बढ्दा विविध अवरोध खेप्न परेको समेत उनले स्मरण गराए ।
‘मैले यो पटक प्रधानमन्त्रीको जिम्मेवारीसँगै मुख्यरुपमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई लक्ष्य बनाएर केही काम सुरु गर्दै जाँदा विविध जटिलताको सामना गर्नुपर्यो । यसबाट यो यो (भ्रष्टाचार) धेरै गहिरो छ । मान्छेहरुले सजिलै भन्ने गरेजस्तो उपदेश दिने गरेजस्तो सजिलो छैन । यसका निम्ति हामीले दीर्घकालीन रणनैतिक सोचको विकास गर्न हाम्रा शिक्षा नीतिमा, हाम्रो सांस्कृतिक नीतिमा र तत्काल कारबाही प्रक्रियालाई प्रभावकारी बनाउन, त्यसको निम्ति आवश्यक ऐन, कानुन र तिनको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता छ,’– उनले भने ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


