अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री दाहालसँग प्रकाण्डको भेटवार्ता
काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतबाट ३५ दिने पक्राउ पुर्जी जारी भएपछि नेकपाका प्रभावशाली नेता प्रकाण्डले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछिको अवस्थाबारे प्रकाण्डले छलफल गरेको बुझिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमतिको अक्षरंश पालना गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रकाण्डले भने आफूहरुविरुद्ध षड्यन्त्र गरिएको भन्दै अदालतको विरुद्धमा पनि प्रदर्शनमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए । अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता प्रकाण्डसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आफ्ना नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि नेकपा यतिवेला आन्दोलित छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


