खाँणको मुद्दा कोइरालाको इजलासमा, थुनामै राख्ने वा धरौटीमा छाड्ने छिनोफानो हुने
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परे थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालत पाटनमा आज पेसी रहेको छ ।
उनको निवेदन न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा परेको छ । यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।
उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको थियो । आजको सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ । मंसिर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले धुनामै राख्नुपर्ने आादेश राखेका थिए । त्यहीकारण आगामी आज तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।
१५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


