वीरगञ्जमा महानगरले राखेको प्रतिमा तोडफोड, ६ जना पक्राउ
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले परवानीपुरस्थित चोकमा राखेको राँगाको प्रतिमा तोडफोड भएको छ । शनिबार परवानीपुरस्थित राँगाको प्रतिमा अज्ञात समूहले तोडफोड गरेको हो ।
त्रिभुवन राजमार्गमा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकमा केही दिन पहिले महानगरले सौन्दर्यतालाई ध्यानमा राख्दै राँगाको प्रतिमा राखेको थियो । राँगाको प्रतिमा राखिएपछि उक्त स्थानमा राजनितिक दल र स्थानीयबासीहरुले त्यसलाई हटाउनु पर्ने माग गर्दै आएका थिए ।
पहिले हनुमान मन्दिर चोकको नामले परिचित रहेको स्थानमा राँगाको प्रतिमा राख्नु उचित नभएको भन्दै विरोध भएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले समेत त्यसलाई हटाउने प्रक्रिया सुरु भएको बताएका थिए ।
तर शनिबार राँगाको प्रतिमा तोडफोड भएको हो । राँगाको प्रतिमा तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । घटनाको सम्बन्ध अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

