Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कांग्रेस बागमती प्रदेश सम्मेलन आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ७

काठमाडौं। नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँका अनुसार प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुनेछन् । सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ ।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिकारगाउँपालिकामा निर्वाचित प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताए ।

वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बिहान ८ः३० बजे सम्मेलनको उद्घाटन हुदैछ । कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स