Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

स्वर्णकार हत्या प्रकरणमा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ११
स्वर्णकार हत्या प्रकरणमा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौ । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराप्रहरीले जनाएको छ । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो ।

गत कार्तिक १३ मा दुई मोटरसाइकलमा रहेका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।

दुवै खुट्टामा प्रहरीको गोली लागेर घाइते भएका सिंहको उपचार रातिदेखि नै प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ । उनी भारतको बिहार राज्यमा पर्ने मोतीहारी जिल्लाको हुन् ।

प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स