Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

छुट्टाछुट्टै स्थानबाट चारजना मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ११
छुट्टाछुट्टै स्थानबाट चारजना मृत अवस्थामा फेला

काठमाडौँ । छुट्टाछुट्टै स्थानबाट चारजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित तुलानाथ सामुदायिक वनमा हाल पहिचान नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स