रौतहटको चन्द्रपुरमा ट्रकले दियो ठक्कर, एक पुरुषको निधन
रौतहट । चन्द्रपुरमा पुस १० गते बिहान करिव ४ बजे पहिचान नखुलेको एक पुरुषको ट्रकको ठक्करबाट ज्यान गएको छ । चन्द्रपुर २ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने पौराई जंगल सडक खण्डमा एक मृत पुरुषको शव भेटिएको हो ।
हेर्दा पहाडी मुलको जस्तो देखिने पातलो शरिर, उचाई ५ फिट ६ ईन्च, निलो खैरो रंगको बुट्टा भएको सर्ट भित्र निलो आकासे रंगको टिसर्ट, खरानी रंगको जिन्स पैन्ट भित्र निलो रंगको कट्टु लगाएको, पाइन्टमा निलो रंगको कपडाको बेल्ट लगाएको, दुवै खुट्टामा हरियो रंगको स्पोर्ट जुत्ता लगाएको, कपाल कालो छोटो, निधारको भागमा कपाल नरही तालु खुईले रहेको, ठिक्कको कालो दाह्री जुंगा भएको, अन्दाजी ३५र४० बर्षको पुरुष व्यक्तीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकले ठक्कर दिई मृत्यु भएको मृतकको सनाखतको लागि प्रादेशिक अस्पताल रौतहट गौरको शव गृहमा राखिएकोले चिन्नु हुने व्यक्तिले इलाका प्रहरी कार्यालय चन्द्रपुरको ९८५५०९०१६६ र ९८५५०१५२१३ मा सम्पर्क गरी वा आवश्यक कागजात सहित उपस्थित भई सनाखत गरी सहयोग गर्नु हुन अनुरोध गरेको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


