युवतीको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ
जानकारी केन्द्र
२०८०, पुष, १८
पोखरा । पोखरामा युवतीको नामका नक्कली फेसबुक ‘आइडी’ बनाएर हनी ट्रयाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्रयापमा पारेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । भिडियो र स्क्रिन रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की देखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


