Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

पूर्वराजा ज्ञानेन्द्रले भने, ‘म कतै गएको छैन, सदा–सदा नेपालीको साथमा छु’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, १९
पूर्वराजा ज्ञानेन्द्रले भने, ‘म कतै गएको छैन, सदा–सदा नेपालीको साथमा छु’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । त्यहाँको स्थानीय नागरिक अभिनन्दन समितिले पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह पूर्वरानी कोमलसहित सहभागी भएका थिए ।

नागरिक अभिनन्दनपछि सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू जता गएपछि ‘राजा आउ, देश बचाउ’ भन्ने आवाज सुनिरहेको बताए । उनले आफूले देश बनोस् र बचोस् भन्ने भावनाले सोचिरहेको बताए । साथै, उनले आफू नेपालीको साथमै रहेको बताए । उनले नेपालीको दुःख, सुखमा सँगै रहेर वर्तमान अवस्था नियालिरहेको बताए ।

‘म कतै अन्त गएको छैन । सदा–सदा नेपालीका साथमा छु । नेपाल भित्रै छु । नेपालीहरुको सुख, दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेकोछु,’– उनले भने ।

साथै, देश जर्जर अवस्थामा रहेको भन्दै उनले दुःख व्यक्त गरे । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं यु्वा जनशक्ति विदेशिनु परेकोमा उनले दुःख व्यक्त गरे । देशको माया हुँदाहुँदै पनि अवस्था बिग्रिएर, असन्तोष, आक्रोश र विवश भएर युवा जमात विदेशिनु परेको उनको ठम्याइ छ ।

हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटोमात्रै सुबाटो, अरुको कुबाटो भन्ने द्धन्द, विग्रह, विवादबाट उठ्न आवस्यक रहेको उनले बताए । विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समात्नसमेत उनले सबैलाई अपील गरे ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स