Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सर्लाहीको बरहथवा घटना : परिवारले बुझ्यो शव, भयो ११ बुँदे सहमति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २३
सर्लाहीको बरहथवा घटना : परिवारले बुझ्यो शव, भयो ११ बुँदे सहमति

सर्लाही । मृतकका परिवारसँग ११ बुँदे सहमति भएसँगै सर्लाहीको बरहथवा क्षेत्र शान्त बनेको छ । गत शुक्रबार अस्पताल निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएपछि बरहथवा तनावग्रस्त बनेको थियो ।

मृतकका परिवार र स्थानीय प्रशासनबीच आइतबार साँझ एघार बुँदे सहमति भएसँगै बरहथवा क्षेत्र शान्त बनेको हो । सहमति भएसँगै मृतक शाहको शव उनको परिवारले बुझेको छ ।

सहमति अनुसार प्रादेशिक अस्पताललाई मृतक जयशंकर साह नामकरण गर्ने, परिवारले चाहेको स्थानमा मृतकको शालिक निर्माण गर्ने, मृतकका परिवारमा रहेका आश्रित परिवारका एक जना सदस्यलाई रोजगारी दिने, घटनाको निष्पक्ष छानबिन गर्ने लगायत विषयमा सहमति भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स