भारी हिमपातले जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थालमा सयौँ उडान रद्द
काठमाडौं । भारी हिमपात र चिसो वर्षाका कारण जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द भएका छन् । फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो ।

दिउँसोसम्म चिसो वर्षाका कारण निर्धारित उडान तालिका प्रभावित भएको छ । म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्त्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ छ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ ।

जर्मनीको बाडेन–वुर्टेमबर्ग राज्यमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म हिउँ जमेको छ । त्यहाँ सडकहरु बन्द भएका छन् । राष्ट्रिय रेल कम्पनी डायचे बानले खराब स्थितिका कारण आफ्नो उच्च–गतिका रेलहरूलाई सुस्त गरिरहेको बताएको छ । भारी हिमपात र चिसो वर्षाका कारण त्यहाँका स्कुल बन्द गरिएको छ । एएफपी
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


