यू-१९ विश्वकप : टस हारेको नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले सुरुआतमा फिल्डिङ गर्ने भएको छ ।
न्युजिल्याण्डले टस जितेर सुरुआतमा ब्याटिङ गर्ने निर्णय लिएपछि नेपाल पहिले बलिङमा उत्रिन लागेको हो । यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको छ।
तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण बाहिरिँदा उनको स्थान तीव्र बलर दुर्गेश गुप्ताले लिएका छन्। टोलीमा अलराउन्डर दीपक बोहोरा थपिएका छन्।
नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो। नेपालले पछिल्लोपटक सन् २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो। नेपालको यो आठौँ विश्वकप हो। नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।
नेपाली यू-१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


