निरन्तर बढेको जाडोले जनजीवन प्रभावित
महोत्तरी । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् ।
जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् । स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पतालमा रुघा, खोकी, दम तथा हाडजोर्नी दुखाइका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् ।
दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँबस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासील आगो बालेर ताप्ने गरेको देखिन्छ । विभिन्न पालिकाले आ–आफ्नो क्षेत्रका गाउँ बस्तीमा आगो बाल्न निःशुल्क दाउरा उपलब्ध गराउनुका साथै कम्बल, सिरक तथा न्यानो कपडा वितरण गरिरहेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


